आईपीओ निष्काशनको अनुमति माग्दै हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जी पुगे सेबोन

Sep 17, 2023 01:08 PM Merolagani



प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने अनुमति माग्दै हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र सान्भि इनर्जी लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्।

हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, सान्भि इनर्जी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति मागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।