सेवा सञ्चालनको १८औं बर्षमा एनसेल,१ करोड ६० लाख नेपालीको पहुँचमा सेवा

Sep 17, 2023 01:55 PM Merolagani

निजी क्षेत्रको ठूलो दूरसञ्चार कम्पनी एनसेल १८ औं बर्ष पुरा गरेको छ । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

सन् २००५ सेप्टेम्बर १७ मा एनसेल स्थापना भएको थियो। पहिले ‘मेरो मोबाइल’ ले आफनो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं’ ।

एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेको उनले बताए ।

‘बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ। एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं’ ।

एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ।

इच्छुक संस्थाले एनसेलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन्। निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ।
त्यस्तै कम्पनीले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि सधैँसँगैअन्तर्गत रही हामी तपाईंका लागि’ थिमको घोषणा गरेको छ। यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्य अगाडि बढाउन र नेपालमा सामुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रम घोषणा गरेको छ।

एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेका बेला ग्राहकसँग खुनियाली बाँड्न आकर्षक अफर पनि न्याएको छ। प्रत्येक ग्राहक बिजेता बन्ने यस ‘एभ्री कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न कही गिफ्ट पाउनेछन।

यस अफरमा *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन्। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्नेछन्। प्रत्येक साता एनसेलका १ हजार ग्राहकले एक सय रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्।

साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभरि एनसेल सेवा प्रयोग गरेको हुनुपर्छ र एनसेलबारे रचनात्मक नारा एनसेल एप या एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ‘सिएनआर र बिम हामी तपाईंकै लागि’ अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्य घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ। यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ।

दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सिएमआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ।

सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुयाउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कवापत २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।