बजारमा उत्साह थप्दै सकियो नाडा ‘अटो शो’, दुई हजार हाराहारी गाडी बुकिङ

Sep 17, 2023 05:06 PM Merolagani



लामाे समय आर्थिक मन्दीकाे चपेटामा परेर थलापरेकाे नेपालको अटो बजारमा उत्साह थप्दै तीन बर्ष पछि आयोजना भएको नाडा अटोशो समापन भएको छ । भदौ २६ देखि सुरु भएको १५औं संस्करणको नाडा अटो आइतबार अर्थात भदाै ३१ गते सकिएको छ ।

बिशेषगरी विद्युतीय सवारीको दबदबा रहेको यो पटकको नाडा अटो शोमा आयोजकको अनुमान भन्दा धरै अवलोकनकर्ताले नेपालकै ठूलो मेला भ्रमण गरेका छन् । यो पटकको नाडा अटोशोले नेपाल विद्युतीय गाडीको बजार तर्फ मोडिएको संदेश दिएको छ ।

तीन बर्षपछि भएको नाडा अटोशोमा दुई र चारपांग्रे दुवै किसिमका सवारीमा दर्शकको आकर्षण रहेको नाडाले जनाएको छ । सुस्त रहेको अटो बजारलाई चलायमान बनाउन अटाशोले भाइब्रेट ल्याएको नेपाल अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष ध्रुबथापाले बताए । ‘हामीले सोचेभन्दा धरै भिजिटर अटोशोमा आउनुभएको छ भने राम्रो गाडी बुकिङ समेत भएको छ,’ थापाले भने ‘अटोशोले नजिकिदै गरेको चाडपर्वमा समेत सवारीसाधन व्यवसाय चलाएमान हुने संकेत देखिएको छ।’ 

 त्यस्तै एक लाख बढी भिजिटरले प्रदर्शनी अवलोकन गरेको नाडाको भनाई छ । विद्युतीय र पेट्रोलियम गरी करिब दुई हजार हाराहारी गाडी बुकिङ भएको नाडाको भनाई छ ।

कुन कुन गाडीलाई ग्राहकले रुचाए ?

६ दिनको अन्तरालमा भिजिटर विद्युतीय गाडीको स्टलमा सबैभन्दा बढी आकर्षित भए । पेट्रोलियम गाडी कम्पनीलाई ओझेलमा परेर विद्युतीय सवारी बिक्रेता कम्पनीले आफ्ना प्रोडक्ट राम्रो बुकिङ गराएका छन् । यो पटकको नाडा अटोशोमा सबैभन्दा बढी बिवाईडी, सेरेस, टाटा, एमजीका स्टलमा धेरै भिडमाड थियो ।

बिवाईडीको अनुसार एटो थ्रि र डल्फिल तीन सय हाराहारी बुकिङ भएको छ । बिवाईडीले ३९ लाख मूल्य तोकेर डल्फिन भित्र्याएको थियो भने एटो थ्रि पछिल्लो समय सबैभन्दा बढी बिक्री हुने इभि मध्यमा पर्छ ।

त्यस्तै सेरेस मिनी इभि र सेरेस थ्रि झन्डै दुई तीन सय हाराहारी बुकिङ भएको कम्पनीले जनाएको छ । एमएडब्लु नेपालले ल्याएको यो गाडी नेपाली बजारमा सेरेस मिनी इभि १४ लाख, सेरेस थ्रि ४९ लाख मूल्य तोकेको थियो । सेरेस गाडीपनि लगभग तीन सय बुकिङ भएकाे छ । टाटा टियागो इभिपनि राम्रो बुकिङ भएको कम्पनीले जनाएको छ ।

टाटाले टियागो इभि २२ लाख सुरुवाती मुल्य तोकेर नेपाली बजारमा गाडी उतारेको थियो । नाडा अटाे शाेमा टाटाकाे ५०० बढि गाडी बुकिङ भएकाे जनाईएकाे छ । पारामाउन्ट मोटर्सले एमजी फोर र कोमेट नेपाल ल्याएको थियो ।

एमजी फोरको ४१ लाख ४९ हजार सुरुवाती मूल्य र लग्जरीको चाहिँ ५८ लाख ९९ हजार मूल्य तोकिएको यो गाडीलाई पनि ग्राहकले राम्रो रेस्पोन्स गरेको कम्पनीले जनाएको छ । यी बाहेक विद्युतीय तर्फ सिट्रोन इभि, हुन्डाई आयोनिक, आरा गाडीलाई पनि नाडा अटोशोमा राम्रो रेस्पोन्स गरेका थिए ।

विद्युतीय गाडीको डोमिनेटका कारण यो पटक कम्बसन इन्जिन कारको बिक्री भने सुस्त देखिएको नाडाले जनाएको छ । कम्बसन गाडी मध्य सुजुकी जिम्नी, हुन्डाई एक्सटर, निसान म्यागनाईट, टाटा पन्च, महिन्द्रा स्किपियो एनलाई ग्राहकले राम्रो रेस्पोन्स गरे । त्यस्तै दुई पाँग्र तर्फ रोयल इन्फिल्ड हन्टर, केटिएम, टिभिएस रोनिन, याज्दी र केहि इलेक्ट्रिक स्कुटरमा ग्राहकले चासो देखाए । इभि स्कुटरका धरै ब्रान्ड भएपनि ग्राहकले दुई पाँग्रे इभिलाई पात्याएनन् ।

दुईपाँग्रे सवारीसाधन तर्फ भने ग्राहकले इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरलाई नै प्राथमिकतामा राखेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।