प्रभु सेलेक्ट फण्डको बुकक्लोज मिति तय

Sep 18, 2023 12:01 PM Merolagani



प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (PSF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार सअ‍ोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो।

फण्डले आफ्ना इकाईधनीहरुका लागि कर सहित ९.५० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।