रोयल इन्फिल्डको ‘वान राईड २०२३’ कार्यक्रम सम्पन्न

Sep 18, 2023 12:40 PM Merolagani



रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकले अनलाइन फारम भरेर यो राइडमा सहभागी भएका थिए ।

बिश्वभर एकै दिन आयोजना गरिएको सो राइडको नारा ‘वान मिसन वल्र्ड, वान वल्र्ड, वान राइड’ रहेको थियो । उक्त राइड भदौ ३१ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगेर समापन भएको हो ।

उक्त राइडमा सहभागीलाई सडक सुरक्षाका वारेमा जानकारी गराइएको थियो । काठमाडाैं सहित देशका १३ शहरमा सम्पन्न सो राइडमा काठमाडौंंबाट रोयल इन्फिल्डका हिमालयन, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मा सवार एकसय भन्दा वढीले सहभागिता जनाएका थिए । वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो ।
 

बिश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकलाई एकै ठाउँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको छ । यसलाई वार्षिक रुपमा हुने रोयल इन्फिल्डको सबैभन्दा ठूलो कार्यक्रम मान्ने गरिन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।