लाभांश प्रस्ताव सहित ओरियन्टल होटल्सले डाक्यो साधारण सभा

Sep 19, 2023 07:03 AM Merolagani



ओरियन्टल होटल्स लिमिटेड (OHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

होटलले असोज २५ गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।