सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेञ्ज कति?

Sep 19, 2023 12:33 PM Merolagani



असोज २ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। अर्थात इन्स्योरेन्सको शेयर असोज ४ गते बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ। नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई स्टक टिकर प्रदान गरेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।