नेशनल हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट, कटअफ प्राइस कति?

Sep 20, 2023 09:11 AM Merolagani



असोज २ गते, मंगलबार, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) को अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रमार्फत खरिद गर्न आव्हान गरेको थियो।

सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ २९ गते खोली असोज २ गते बाँडफाँट गरेको हो। कम्पनीको शेयर बाँडफाँटको अन्तिम मूल्य अर्थात कटअफ प्राइस ११० रुपैयाँ रहेको छ। सो मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। बाँडफाँटको विवरण बिक्री प्रबन्धकको वेबसाइट https://muktinathcapital.com/auction-allotment बाट हेर्न सकिनेछ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज ७ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने भएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।