मध्यमस्तरको मुद्रास्फीति र सहज विदेशी विनिमय सञ्चितिसँगै नेपाल राष्ट्र बैंकले आफ्नो नीतिगत दर ५० आधार बिन्दुले घटाएर ६ दशमलव ५ प्रतिशतमा पुर्याएको छ, जसले ऋणको ब्याजदर घटाउन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । रियल इस्टेट, थोक र खुद्रा व्यापार र आवास र खाद्य सेवा क्षेत्रमा आउने विस्तारका कारण सेवा क्षेत्रले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जेठ असार कम वर्षा र मौसमको अनियमितताका कारण कृषिको बृद्धिमा ह्रास आउने अपेक्षा गरिएको छ ।
एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भने सजिलै पुग्न सक्ने एडीबीले प्रक्षेपाण गरेको छ । त्यस्तै चालु खाता घाटा जीडीपीको १.८ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।