४३ जना पाइलटले अकस्मात राजीनामा दिँदा आकासा एयर संकटमा, २२ करोड रुपैयाँको क्षतिपूर्ति माग

Sep 20, 2023 05:53 PM MeroLagani



४३ जना पाइलटले राजीनामा दिएपछि आकासा एयर समस्यामा परेको छ । कम्पनीले आफ्नो उडान नै बन्द गर्नुपर्ने हुनसक्छ। पाइलटले अचानक राजीनामा दिएपछि सेप्टेम्बरमा कम्पनीले हरेक दिन २४ उडानसम्म रद्द गर्नुपरेको थियो । एयरलाइन्सले मंगलबार दिल्ली उच्च अदालतमा यो जानकारी दिएको हो।

एयरलाइन्सका वकिलले न्यायमूर्ति मनमीत प्रीतम सिंह अरोरालाई भने–‘पाइलटहरूले अनिवार्य सूचना अवधि पूरा नगरेका कारण आकासा एयरले हरेक दिन धेरै उडानहरू रद्द गर्न बाध्य भएको थियो। फस्ट अफिसरहरूको लागि सूचना अवधि ६ महिना र क्याप्टेनहरूको लागि १ वर्ष हो।’
बिजनेश स्ट्यान्डर्डमा प्रकाशित एक रिपोर्टमा पाइलटहरू आकासा एयरको प्रतिद्वन्द्वी एयरलाइन्समा आबद्ध भएका छन् । आकासा एयरका एक अधिकारीले प्रतिद्वन्द्वी समूहलाई पत्र लेखेर चिन्ता व्यक्त गर्दै अनैतिक भएको बताएका छन् ।

C7#

६ सयदेखि ७ सय उडान रद्द हुन सक्ने

आकासाले एक दिनमा १ सय २० उडानहरू सञ्चालन गर्दछ। यो महिना ६००–७०० उडान रद्द हुन सक्छ। अगस्टमा पनि ७ सय उडान रद्द गर्नुपरेको थियो । अगस्टमा आकासाको बजार हिस्सा ४.२% मा झर्यो ।

एयरलाइन्सले अदालतलाई अनिवार्य सूचना अवधि नियमहरू लागू गर्नको लागि उड्डयन नियामक महानिर्देशालय (डीजीसीए) लाई अधिकार दिन अनुरोध गरेको छ।

एयरलाइन्सले पाइलटसँग मागे २२ करोड रुपैयाँ क्षतिपूर्ति

सम्झौताको सूचना अवधि पूरा नगरी छाड्ने पाइलटलाई कारबाही गर्न एयरलाइन्सले माग गरेको छ। यससँगै उडान रद्दका कारण भएको राजस्व नोक्सानबापत करिब २२ करोड रुपैयाँ क्षतिपूर्ति माग गरिरहेको छ ।

आकाशाले पाए अन्तर्राष्ट्रिय उडानका लागि ग्रिन सिग्नल

अर्कोतर्फ, इकोनोमिक टाइम्सको एक रिपोर्टमा भनिएको छ कि आकासालाई अन्तर्राष्ट्रिय उडानका लागि ग्रिन सिग्नल दिइएको छ, तर यो उडान सञ्चालन गर्न चाहने देशहरूको स्वीकृतिको पर्खाइमा छ। हाल एयरलाइन्सले आन्तरिक रुटमा मात्रै उडान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय रुटहरूमा उडान सञ्चालन बढी लाभदायक
कम प्रतिस्पर्धाका कारण अन्तर्राष्ट्रिय रुटहरू प्रायः बढी लाभदायक मानिन्छन्। यसअघि भारतको कुनै पनि वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्न चाहेमा २० वटा जहाज र ५ वर्षको अनुभव अनिवार्य गरेको थियो ।

तर, सन् २०१६ मा भारतको नागरिक उड्डयन नीति परिवर्तन गरी ५ वर्षको अनुभवको नियम हटाइएको थियो । यसले नयाँ एयरलाइन्सलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने ढोका खोल्यो। आकासा एयर ७ अगस्त २०२२ मा सुरु भएको थियो।

(भारतीय अनलाइनबाट अनुवाद गरिएकाे)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।