भदौ २७ गते महानगरले दर्ता नभइ गाउँबस्ती, टोल तथा चोक चोकमा ब्यानर सहित चर्काे आवाजमा माइकिङ गरी ट्रयाक्टर लगायतका ढुवानी साधनमा मेसिनजडानसहित घुम्ती सेवा मार्फत संचालन भएका सिरक डसना बनाउने सेवा संचालन नगर्न भनेकाे हाे ।
भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले गृह मन्त्रालयको २०७८/७/३० गतेको च.नं १००७ पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८/७/२६ च.नं.१५१ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९/६/१३ को च.नं १५१२ पत्र अनुसार ढुवानी साधनमा मेसिन जडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भए अनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाएको उल्लेख गरेका छन् ।
व्यवसाय दर्ता भएकाे घर, पसल, सटरमा मात्र व्यवसाय संचालन गर्न नगरपालिकाले सूचना प्रकाशित गर्दै कसैले अनुमतिबिना सिरक डसना घरघरमा बनाउँदै हिँडेकाे पाएमा कानुन बमाेजिम कारवाही हुने जनाएकाे छ ।