अपर तामाकोशीको हकप्रद शेयर आवेदन दिने समय तीन साता थप, असोज २२ गतेसम्म भर्न सकिने

Sep 21, 2023 09:57 PM merolagani



अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आवेदन दिने समय थप गरेको छ । असोज ७ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो ।

 

भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदनको समय तोकिएको थियो । कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ । कम्पनीले शेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।

तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।