अब दैनिक २० किलो सुन आयात हुने

Sep 22, 2023 01:00 PM Merolagani



नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक दिन २० किलो सुन आयात गर्न अनुमति दिएको हो ।

याे निर्णयसँगै अब हरेक दिन १० केजी सुनबाट बढेर २० केजी सुन आयात गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा‍‍. डिल्लीराम पोखरेलले मेरोलगानीसँग सुनको कोटा बढाएर २० किलो पुर्याएको बताए । उनका अनुसार राष्ट्र बैंकले आजै वा आइतबार यस विषयमा सर्कुलर जारी गर्नेछ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।