अब दैनिक २० किलो सुन आयात हुने

Sep 22, 2023 01:00 PM Merolagani



नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक दिन २० किलो सुन आयात गर्न अनुमति दिएको हो ।

याे निर्णयसँगै अब हरेक दिन १० केजी सुनबाट बढेर २० केजी सुन आयात गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा‍‍. डिल्लीराम पोखरेलले मेरोलगानीसँग सुनको कोटा बढाएर २० किलो पुर्याएको बताए । उनका अनुसार राष्ट्र बैंकले आजै वा आइतबार यस विषयमा सर्कुलर जारी गर्नेछ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।