लगानीकर्ता अमेरिकी डलरप्रति आकर्षित हुँदा सुनकाे मूल्यमा कमी

Sep 22, 2023 04:52 PM Merolagani



यो साता पनि विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी डलर बलियाे बन्दै गइरहेका कारण लगानीकर्ताहरु डलरतर्फ आकर्षित भएकोले सुनकाे मूल्य सामान्य कमी देखिएकाे हाे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी रिजर्भ बैंक फेडले लिएको ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजवुत बनेकोले लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुँदा सुनको मुल्यमा कमी आएको हो ।

यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । अमेरिकी डलर बलियाे बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा सामान्य कमी आएको उनकाे भनाइ छ ।

साताभरमा कतिले सस्तियाे सुन ?

आइतबारयता सुन ताेलामा २०० रूपैयाँले सस्तिएकाे छ । साताकाे पहिलाे दिन, सुन प्रतिताेला एक लाख १२ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे । सुन शुक्रबारसम्म आइपुग्दा प्रतिताेला एक लाख १२ हजार १०० रूपैयाँसम्म झरेकाे छ ।

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्रामको ९६ हजार ८ सय ८० रुपैयाँ सम्म पुगेको थियो । त्यस पश्चात साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य ९६ हजार १ सय १० रुपैयाँमा झ¥र्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ सय ७० रुपैयाँले कम हो भने साताकै उच्च मुल्य कायम भएको दिन मंगलबारको तुलनामा प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन एक हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार २ सय २२ रुपैयाँ पुगेको छ ।




comments powered by Disqus