मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

Sep 24, 2023 03:22 PM Merolagani



असार ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा भोली स्पेशल प्रिओपन सेसनमा कम्पनीको शेयर कारोबार हुनेछ। कम्पनीलाई नेप्सेले एमईएचएल स्टक टिकर प्रदान गरेको छ।

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।