१५ वटा म्युचुअल फण्ड, ५ वाणिज्य बैंक, एक होटल र एक माइक्रोफाइनान्स कम्पनीले घोषणा गरे लाभांश, कसकाे कति?

Sep 27, 2023 10:55 AM Merolagani



अहिले शेयर बजारमा लगानी गर्नेले पाकेको अन्न भित्राउने समय हाे । यतिबेला दोस्रो बजारमा सूचीकृत भएका कम्पनीहरुले गत आर्थिक वर्षमा आर्जन गरेको प्रतिफल धमाधम वितरण गर्न थालेका छन्।

शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले कम्पनीले वितरण गर्ने लाभा‌ंशलाई विशेष महत्वका साथ हेर्ने गर्छन् । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीहरु मध्ये केही कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुले धमाधम लाभांश घोषणा गरेका छन् । केही फण्डहरुले लाभांश बितरण गरिसकेका छन् भने केही फण्डहरुको लाभांश सुरक्षित गर्ने मिति नजिकिदै छ ।

यस अवधिमा १५ वटा म्युचुअल फण्डहरुले गत आर्थिक वर्षमा गरेको प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । फण्डहरु मध्येमा सर्वाधिक धेरै प्रतिफल  वितरण गर्नेमा सानिमा इक्वीटी फण्ड रहेको छ । यस फण्डले १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फण्डको उक्त लाभांश सुरक्षित गर्न असोज १० गते बुधबार भित्र इकाईधनी बनिसक्नु पर्नेछ ।  सनराइज फष्ट म्युचुअल फण्डले १६ प्रतिशत घोषणा गरेको छ ।

त्यसैगरी, एनएमबी क्यापिटलको व्यवस्थापनमा रहेका दुई एनएमबी हाईब्रिड फण्ड १ र एनएमबी ५० ले १५ प्रतिशत वितरण गर्ने घोषणा गरेका छन् । कुमारी इक्वीटी र एनआईसी एसिया डाइनामीक डेब फण्डको १० प्रतिशत रहेको छ ।

 

५ वाणिज्य बैंक, एक होटल र एक माइक्रोफाइनान्स कम्पनीले घोषणा गरे लाभांश

नेपाल स्टक एक्स्चेजमा सूचीकृत भएका ५ वाणिज्य बैंक सहित एक होटल र एक माइक्रोफाइनान्स गरी ७ वटा कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन् । जस मध्येमा सवार्धिक एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत प्रतिफल वितरणको घोषणा गरेको छ ।

यस बैंकको लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ता असोज १५ गते भित्र शेयरधनी बनिसक्नु पर्नेछ । बैंकले लाभांश वितरण गर्ने तथा वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १६ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

सानिमा बैंकको ९ प्रतिशत बोनश तथा ५.७० प्रतिशत नगद, एभरेष्ट बैंक १० प्रतिशत बोनश तथा १०.५३ प्रतिशत नगद, माच्छापुच्छे बैंक १३.३ प्रतिशत बोनश र ०.७० नगद र सिटिजन्स बैंकले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषाणा गरेका हो । सथै माक्रोफाइनान्स समुहबाट युनिक नेपाल लघुवित्त २० प्रतिशत र हाेटल समूह अन्तरगत ओरेन्टल होटलले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

उक्त घोषित लाभांश सम्बन्धित कम्पनीकाे वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।