नेपाल राष्ट्र बैंकको बुधबार सञ्चालक समितिको बैठक बसेको थियो। तर बुधबारको सञ्चालक समितिको बैठकमा पनि शेयर धिताे कर्जाको सिमा सम्बन्धि एजेन्डा नराखिएको राष्ट्र बैंक सञ्चालक समितिका एक सदस्यले बताए।
"बुधबारको सञ्चालक समितिको बैठकमा शेयर धिताे कर्जाको सिमा संशोधनको एजेण्डा नै थिएन।" सञ्चालक समितिका ती सदस्यले भने "बुधबार पनि यस वषयमा कुनै निर्णय हुन सकेन।"
राष्ट्र बैंकले बुधबारको सञ्चालक समितिको बैठकमा १२ करोडको सिमा संशोधनको लागि एजेण्डा लैजाने तयारी गरेको थियो। तर राष्ट्र बैंक अझै यस विषयमा आन्तरिक छलफमा नै रहेकोले सञ्चालक समितिको बैठमा एजेण्डा नलगिएको हो।
राष्ट्र बैंकलाई अहिले शेयर धितो कर्जा १२ करोड रुपैयाँको सिमा संशोधन गर्न चौतर्फी दबाब छ। तर राष्ट्र बैंकले भने उक्त सिमालाई कति पुर्याउने भन्ने विषयमा छलफल गरीरहेको छ।