अभिनेता अनमोल केसी पक्राउ

Sep 29, 2023 06:16 PM Merolagani



अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । ठगीको आरोप लागेपछि प्रहरीले अनमोललाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

चलचित्र रामायणकी निर्माता सुप्रिया कटुवालले अनमोलवरिुद्ध उजुरी दर्ता गरेकी हुन् । चलचित्र साइन गरेपनि कुनै सम्झौता नभएको बताएपछि निर्माताले उनीमाथि बानेश्वरस्थित प्रहरी अपराध महाशाखामा असोज ८ गते उजुरी दिएकी थिइन् ।

अनमोलले चलचित्र साइन गर्दा १० लाख एडभान्स लिएको सुप्रियाको भनाइ रहेको छ । सुदर्शन थापाको निर्देशनमा बन्न थालेको यस चलचित्र ‘रामायण’लाई छोडेर ‘फर्की फर्की’मा काम गर्ने पक्का भएपछि निर्माता कटुवालले उजुरी दिएको बताएकी छिन् । सोहि उजुरी परेपछि अनमोललाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।