स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत तेश्रो व्याचकाे सुरूवात

Oct 02, 2023 04:21 PM Merolagani



उद्योग संगठन मोरङले नविन व्यवसायिक सोंच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवाहरु, वित्तिय एवं अन्य लगानीको पहुँचकालागि सहजिकरण तथा समन्वय गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत तेश्रो व्याचकालागि स्टार्टअपको आवेदन आब्हान गरेकाे छ ।

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोश्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् । कार्यक्रम अन्तरत स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो र दोश्रो व्याचमा गरि ३० जना स्टार्टअपहरु ग्राजुएशन भइसकेका छन् ।

बिगत २ बर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना बिजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिबृिद्ध गरिएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पूँजीको सहजिकरणका लागी बिराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ । २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्न सकिनेछ ।

विगत बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेश्रो व्याचका लागी आजैबाट प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार, बिराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउण्टेन्ट्स संघ लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिनेछ ।

दश महिना अवधी रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन् । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ ।

स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं नीजि क्षेत्र बिच समन्वय गरि बिराटनगरलाई स्टार्टअप व्यवसाय विकासको हबका रुपमा विकास गर्दै व्यवसाय विकासका व्यवस्थापकिय एवं प्राविधिक सेवाहरुको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ सञ्चालन गरिएको हाे ।

२०८० कार्तिक १५ गतेसम्म अनलाईन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । अनलाइन आवेदन फारम संगठनको वेवासाइट www.cim.org.npबाट लनइन गरि प्राप्त गर्न सकिने छ ।