दुई बैंकको शेयरमूल्य समायोजन, मंगलबार कतिमा खुल्छ शेयर कारोबार?

Oct 02, 2023 04:49 PM Merolagani



दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले एनआइसी एशिया बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५९० रुपैयाँ ३१ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई २९ प्रतिशत बोनश शेयर वितरण गर्न सोमबार बुकक्लोज गरेको थियो। सो सँगै शेयरमूल्य समायोजन भएको हो।

यसैगरी नेप्सेले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरी ५१४ रुपैयाँ ५५ पैसा कायम गरेको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ। सोहि बोनस वितरणको लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो।

मंगलबार दुबै बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।