नबिल ब्यालेन्स्ड फण्ड २ को मूल्य समायोजन

Oct 13, 2023 08:44 AM Merolagani



असोज २६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) को इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन फण्डको ९.६० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इकाईको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहबिार फण्डको इकाई ९ रुपैयाँ ३४ पैसामा अन्तिम कारोबार भएको थियो।

फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले सो दरमा प्रतिफल जम्मा गर्नेछ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड रहेको छ।