कम्पनीको शेयर दशैं अघिको अन्तिम कारोबार दिन नेप्सेमा सूचीकृत भइ आज (कात्तिक १२ गते) देखि कारोबारमा आएको हो। पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको शेयर यस दिनको स्पेशल प्रि ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो। नियमित बजार खुल्ने बित्तीकै ओरालो लागेको कम्पनीको शेयर अहिले १० प्रतिशत घटेर कारोबार भइरहेको छ।
मार्केट डेप्थ हेर्दा अहिले कम्पनीको शेयरमा बिक्रीकर्ताको ओइरो लागेको छ भने खरिदकर्ता शून्य छ। यस समाचार तयार पार्दासम्ममा १० प्रतिशत घटाएर प्रतिकित्ता ३१५ रुपैयाँमा बिक्री गर्ने २७ हजार ५१ अर्डर छन्। हाल कम्पनीको ४ लाख ६ हजार ७४३ कित्ता बिक्री अर्डरमा छ।