कार खरिद गर्न दिनुपर्छ आवेदन, आफ्नै रेटिङ्ग ट्रयाक भएको कार कम्पनी फेरारीको कहानी

Nov 15, 2023 06:38 PM Merolagani

लक्जरी कारहरूको कुराकानी फेरारी बिना अधुरो छ। इटालीको यो लक्जरी ब्रान्ड, स्पोर्ट्स कारका लागि विश्वभर प्रसिद्ध छ। यसको गति र इन्जिनको छुट्टै आवाज नै यसको पहिचान हो। इटाली, यूके र जर्मनी यसको सबैभन्दा ठूलो बजार हो।

युरोप, मध्य पूर्व र अफ्रिका सहित, फेरारीले प्रत्येक वर्ष छ हजार भन्दा बढी कारहरू बिक्री गर्दछ। फर्मुला वन रेसिङमा सबैभन्दा धेरै जित्ने चालकहरू फेरारीकै हुन्। अहिलेसम्म ३९ फेरारी चालक विजयी भइसकेका छन्।

अहिले अमेरिका, भारत, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स, सिंगापुर, साउदी अरेबिया, युक्रेन, हङकङ जस्ता देशहरूमा यसको स्टोरहरू छन्। स्टार्टअपको रूपमा सुरु भएको यो कम्पनीको आज करिब ४.४५ लाख करोड रुपैयाँको मार्केट क्याप छ। संसारको सबैभन्दा फास्ट २५ कारमध्ये फेरारी १६ औँ नम्बरमा आउँछ।

शुरुवातः १९४७ मा, एन्जो फेरारीले लन्च गरेको थियो १२५ एस नामको पहिलो कार

फेरारीको कथा सन् १९३९ मा सुरु भएको थियो। यो त्यही वर्ष हो जब दोस्रो विश्वयुद्ध सुरु भएको थियो। कम्पनी सुरु गर्ने व्यक्ति एन्जो फेरारी थिए। १८९८ मा जन्मेका एन्जोको परिवारले सिकर्मीको व्यवसाय थियो।

तर उनका बुबा अल्फ्रेडो र भाइ अल्फ्रेडो जुनियर फेरारीको सन् १९१६ को इटालियन फ्लू महामारीमा मृत्यु भयो। व्यवसाय सकियो । यसरी परिवारको सम्पूर्ण जिम्मेवारी एन्जोको काँधमा आयो। जागिरको खोजीमा एन्जो प्रथम विश्वयुद्धमा सेनामा भर्ती भए।

उनी इटालियन सेनाको तेस्रो माउन्टेन आर्टिलरी रेजिमेन्टको हिस्सा बने। १९१८ मा, एन्जो आफैं फ्लू महामारीको शिकार भए। अर्कोतर्फ, यो समयमा युद्ध समाप्त भयो र उनलाई जागिरबाट हटाइयो। नयाँ जागिरको खोजीमा, एन्जोले सीएमएन नामको कार निर्माण कम्पनीमा टेस्ट ड्राइभरको रूपमा काम गर्न थाले।

त्यहाँ उनको मालिकले उनको ड्राइभिङ सीप देखेर उनलाई कार रेसमा सहभागि हुने सल्लाह दिए। यसरी एन्जो रेसिङ ड्राइभर बने। १९२० र १९३९ को बीचमा उनले धेरै ग्रान्ड प्रिक्स दौडहरूमा प्रतिस्पर्धा गरे।

१९३२ मा, एन्जो रेसिङ्गभन्दा पर अल्फा रेस कार नामक कारखाना निर्माण र व्यवस्थापन गर्नतर्फ लागे। उनले रेसिङ टिम पनि बनाए। त्यसबेलादेखि एन्जोले बनाएका गाडीहरूमा हाम फाल्न लागेका जस्ता घोडाहरू देखिन थालेका थिए।

१९३९ मा, एन्जोले अल्फाको प्रबन्ध निर्देशकसँगको विवादमा कम्पनी छोडे। र एन्टो एबियो कस्टरुजिओनी नामक कम्पनी खोले। यस कम्पनीले अन्य सवारी साधनका पार्टपुर्जाहरू बनाइदिने काम गर्दथ्यो।

यसैबीच, दोस्रो विश्वयुद्ध सुरु भयो र इटालीको फासिस्ट मोसोलिनीको दबाबमा एन्जोले हतियार बनाउनुप¥यो। यही कारणले गर्दा अमेरिकी वायुसेनाले मोडेनामा बनेको यो कारखानामा बमबारी गरेको थियो। त्यसपछि एन्जो मोडेनाबाट मारानेला आए र अर्को कारखाना स्थापना गरे।

१९४० मा कम्पनीले कार लन्च गर्यो। सात वर्षपछि, १९४७ मा, एन्जोले फेरारी एसपीए नामक कम्पनी सुरु गरे। यस कम्पनीले लन्च गरेको पहिलो कार १२५ एस अर्थात् १२५ स्पोर्ट्स थियो। कम्पनीको पहिलो कारखाना इटालीको मरानेल्लोमा बनाइएको थियो।

 

लोगोको कथाः फेरारीको लोगो दोस्रो विश्वयुद्धका फाइटर पाइलटको देन

फेरारीका चम्किलो लोगोलाई कसले चिन्न सक्दैन र? अगाडि दुवै खुट्टा हावामा उठाइएको घोडा र पृष्ठभूमिमा पहेंलो रङ। यो लोगोको पछाडि एउटा रोचक कथा छ। वास्तवमा, पहिलो विश्वयुद्धको समयमा, इटालियन लडाकु विमानका पाइलट फ्रान्सेस्को बाराकाले आफ्नो प्रत्येक विमानमा यो छाप लगाउने गर्थे।

सन् १९२३ मा एन्जो फेरारीले साभियो सर्किटमा जित हासिल गरे र पहिलो विश्वयुद्धमा मृत्यु भएका फ्रान्सेस्कोका आमाबुवा काउन्ट एनरिको बार्का र काउन्टेस पाओलिनालाई भेट्ने अवसर दिइयो।
एक दिन फ्रान्सेस्कोका बुबा, काउन्टेसले मजाक गर्दै एन्जोलाई आफ्नो छोराको घोडाहरू उनको कारमा राख्न भनेका थिए। फेरारीलाई यो कुरा मन पर्यो र जब उनले आफ्नो कार बनाए, उनले फ्रान्सेस्कोको घोडालाई त्यसमा राखे।

फेरारी कार किन्नको लागि आवेदन दिनुपर्छ

फेरारी कार किन्नका लागि कारको रिलिज मितिभन्दा एक वर्ष अगाडि नै आवेदन दिनुपर्छ। संसारभरका धनी व्यक्तिहरूका यी आवेदनहरू राम्ररी छानबिन गरिन्छ। कम्पनीले धेरै शक्तिशाली र धनी व्यक्तिहरूको आवेदन अस्वीकार पनि गर्दछ।

फेरारीसँग लगभग २०० व्यक्तिहरूको सूची छ जसलाई नयाँ कारहरू लन्च गर्दा ध्यान दिइन्छ। कम्पनीले ग्राहकको माग अनुसार प्रत्येक कारमा स्पेसिफिकेशन थप गर्दछ। ग्राहकहरूलाई कार डिजाइनरहरूसँग सीधा सम्पर्क गराइन्छ।

उनीहरुले आफ्नो माग अनुसार कार डिजाइन गर्दछ। कम्पनीको फिलोसोफीको बारेमा, एन्जो फेरारीले एक पटक भनेका थिए कि, ‘मेरो कारको मोटरहरूमा आत्मा हुन्छ। फेरारी चलाउने जो कोहीले तपाईलाई भन्न सक्छन् कि हाम्रो विशेषता भनेको अनुभव हो’।

चुनौतीहरूः १९५० र १९७० बीच ३२ ड्राइभरहरूको मृत्युले फेरारीको सुरक्षा सुविधाहरूमाथि प्रश्नहरू खडा गरेको थियो

१९५० र १९७० को बीचमा ३२ फेरारी चालकहरूको मृत्यु भएको थियो। यी मृत्युका कारण फेरारीका रेसिङ कारहरूमा भएका सुरक्षा सुविधाहरूमाथि प्रश्न उठ्न थालेको थियो। अन्ततः, १९७० मा, फेरारीको फर्मुला वन रेसिङ कार खुला ककपिट निस्कने सुविधा बनाइयो। जसले गर्दा सवारी चालकले दुर्घटना हुँदा बाहिर निस्कन सक्नेछन् । १९८० मा, कारहरूमा थप सुधारहरू गरियो र बाहिरी शरीर एल्युमिनियमको सट्टा कार्बन फाइबरबाट बन्न थाल्यो। यसरी ९० को दशकदेखि अहिलेसम्म फेरारीले रेसिङ प्रयोजनका लागि आफ्ना कारहरूमा सुरक्षा फिचरहरू बढाउँदै आएको छ।

विवादः फोर्डदेखि लेम्बोर्गिनी कम्पनीको गठनको कारण

इटालीका फेरुचियोलाई स्पोर्ट्स कार मन पर्थ्यो। उनको आफ्नै ट्याक्टर व्यवसाय थियो। उनले आफ्नो लागि धेरै स्पोर्ट्स कार पनि किनेका थिए। तीमध्ये एउटा थियो ‘फेरारी २५० जीटी कूप’। यो घटना सन् १९५८ को हो। फेरुचियोले आफ्नो फेरारीमा धेरै कमजोरीहरू फेला पारे। ती कुरा बताउन उनी फेरारीको कार्यालय पुगे।

जब उनले संस्थापक एन्जो फेरारीलाई ती कुराहरु भने, एन्जोले व्यंग्यात्मक रूपमा भने कि गल्ती कारमा नभई यो चलाउने व्यक्तिको हुन सक्छ। तिमी आफ्नो ट्रयाक्टर काम हेर। फेरुसियोलाई यो अपमानजनक लाग्यो।

त्यसको बदला लिन फेरुचियोले स्पोर्ट्स कार बजारमा ल्याउने सोचे। यसरी ल्याम्बोर्गिनीले सन् १९६३ मा आफ्नो पहिलो स्पोर्ट्स कार ३५० जीटीभी लन्च गर्यो। फेरारीको प्रसिद्धिमा दोस्रो विवाद फोर्डसँग छ। सन् १९६३ मा, फेरारीले रेसिङ कार खण्ड कब्जा गरिरहेको थियो।

तर सोही समयमा अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले यो सेगमेन्टमा नजर राखेको थियो। वास्तवमा यो त्यो समय थियो जब अमेरिका दोस्रो विश्वयुद्धको मन्दीबाट बाहिर आएको थियो। पूरै नयाँ पुस्ता विलासी चीजहरूमा खर्च गर्न उत्सुक थियो। रेसिङ कारहरू पनि तीमध्ये एक थिए।

त्यतिबेला अमेरिकाको अटोमोबाइल सेग्मेन्टमा अग्रस्थानमा रहेको फोर्डले यो सेग्मेन्टमा प्रवेश गर्ने निर्णय गरेको थियो भने अर्कोतर्फ इटालियन कम्पनी फेरारीले रेसिङ कार सेग्मेन्टमा अग्रता लिएको समय थियो। तर फोर्डको मनसाय फेरारीसँग प्रतिस्पर्धा गर्ने होइन, त्यसलाई कब्जा गर्ने थियो।

त्यतिबेला फोर्डका मालिक हेनरी फोर्ड द्वितीयले रेसिङ कार नबनाउने तर रेसिङ कार कम्पनी लिने स्पष्ट पारेका थिए। र फेरारीलाई कब्जा गर्ने विचार यहीँबाट आएको थियो।

दुई कम्पनीहरु बीच धेरै महिनाको वार्ता पछि, १९६३ को गर्मीमा सम्झौता पुग्ने देखिएको थियो। तर एन्जोले सम्झौतामा फोर्डले फेरारीको रेसिङ टोली र यसको बजेटलाई नियन्त्रण गर्ने पढेपछि यो सबै रोकियो।

एन्जोले यसलाई कुनै पनि हालतमा स्वीकार गरेनन्। उनी कम्पनीको मोटर स्पोर्ट्ससँग सम्बन्धित सबै अधिकारहरू राख्न चाहन्थे। सम्झौताको यो खण्डमा विवाद यति बढ्यो कि एन्जोले फोर्ड मालिकको बारेमा खराब कुरा गरे। भनिन्छ, यही आक्रोशमा एन्जोले फेरारीको अधिकांश हिस्सेदारी इटालियन अटोमोबाइल कम्पनी फियाटलाई बेचे।
(दैनिक भाष्करबाट अनुवादित)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।