इम्पेरमेन्ट चार्ज बढ्दा ग्लोबल आईएमई बैंकको नाफामा दबाब

Nov 03, 2023 06:01 AM Merolagani

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब परेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत र सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफामा दबाब पर्न गएको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएकाे छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।