हकप्रद निष्काशन गर्न राप्ती हाइड्रो र दोर्दी खोलालाई आयोगको अनुमति

Nov 07, 2023 12:20 PM Merolagani



विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ।

आयोगले यी दुबै कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। कात्तिक १९ गते बसेको आयोगको बैठकले अनुमति दिने निर्णय गरेको हो।

५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनाको प्रर्बद्धक राप्ती हाइड्रोले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ बराबर १ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गर्नेछ। त्यसैगरी, १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनको प्रर्बद्धक दोर्दी खोला जलविद्युत कम्पनी (DORDI) ले हाल कायम चुक्ता पूँर्जी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशतका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर निष्काशन गर्नेछ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्।