प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Nov 08, 2023 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।