बिवाईडी, एमजी, चेरी, नेटा, ओरा लगायतका ब्रान्ड नेपालमा लोकप्रिय छन । यसैबीच केही महिना अघि नेपाल आएका दुई ब्रान्ड पछिल्लो समय इभि पारखीको रोजाइमा पर्दै आएको छ ।
बिवाईडी डल्फिन र एमजी फोर लुक्स, मूल्य र बिशेषतका आधारमा उत्कृष्ट छन् । एमजी फोरको सुरुवाती भेरियन्ट र डल्फिन अहिले हेडटु हेड प्रतिस्पर्धा गरिरहेका छन् ।
कस्तो छ बिवाईडी डल्फिन ?
बीवाईडी डल्फिन लुक्स नै आक्रमक छ । एक्सटेरियर र इन्टेरियर नै लोभलाग्दो भएका कारण पनि यो गाडी फरक छ । निकै ठूलो देखिने र पछाडिको भाग ठ्याक्कै एसयूभी जस्तो देखिने भएकाले पनि इभि मोडलहरुमा आकर्षक छ ।
नेपाली बजारमा कम्पनीको सबैभन्दा कम मूल्यको कार हो । बीवाइडीको ब्लेड टेक्नोलोजीबाट बनेको ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । जसले चार्जमा ३४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ७० किलोवाट आवरको मोटर दिइएको छ । उक्त मोटरले १८० एनएम टर्क प्रदान गर्छ ।
नेपाली बजारमा यो गाडीको मुल्य ३९लाख ८०हजार तोकिएको छ ।
एमजी फोर
प्रिमिमय क्रसओभर मोडलको रुपमा चिनिएको यो गाडी बोल्ड डिजाइन, नयाँ प्रविधि तथा फरक बिशेषताले भरिपूर्ण छ । एमजी फोर दुई ब्याट्री अप्सन सहित आएको छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ ।
भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडित यो गाडीले २५० एनएम टर्क पावर जेनेरेट गर्ने जनाइएको छ । यसले ८ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्ने कम्पनीको दाबी छ । कम्पनीले एमजी फोरको ४१ लाख ४९ हजार सुरुवाती मूल्य तोकेकाे छ ।