प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Nov 09, 2023 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४५ अंक बढेर १८६४.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको १ लाख ७ हजार ४६८ रुपैयाँ बराबरको ३४४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।