प्रि ओपन सेसन अपडेटः साढे १ अंक बढ्यो नेप्से

Nov 24, 2026 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २.२६ अंक बढेर २६२३.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५७ अंक बढेर २६२५.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५० स्टकको १३२ पटकको कारोबारमा ८५ लाख ७१ हजार ५२७ रुपैयाँबराबरको १९ हजार ३८७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।