९ बैंकले लाभांश घोषणा गरे, नबिल, एनएमबी र प्रभु बैंक ‘क्युमा’, पुसभित्र एजिएम गर्नु पर्ने भएपछि दबावमा बैंक

Nov 20, 2023 11:56 AM Merolagani



अहिलेसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । अब (राष्ट्रिय वाणिज्य बैंक बाहेक) १० वाणिज्य बैंक लाभांश वितरण गर्न बाँकी छन् ।

नबिल, एनएमबी र प्रभु बैंकले लाभांश वितरणका लागि नेपाल राष्ट्रबाट स्वीकृत लिने प्रक्रियामा छन् । बाँकी बैंकले पनि पुस मसान्त भित्र वार्षिक साधारणसभा (एजिएम) गरिसक्नु पर्ने भएकाले लाभांश घोषणा गर्ने दबावमा छन् ।

मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ९ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा शेयर जारी नगरेका कारण त्यसले नगद वा बोनस के दिन्छ भन्ने बिषयमा लगानीकर्तालाई चासो हुने कुरा भएन् । अरु १० बैंक लाभांश वितरण गर्न बाँकी छन् ।

आज मात्रै एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

यसअघि ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

साथै, सिद्धार्थ बैंकले पनि नगद लाभांश वितरण नै घोषणा गरेको छ । सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिँदै छ ।

पाँच वाणिज्य बैंकहरु दशैंअघि नै वार्षिक साधारणसभा गरेर शेयरधनीको खातामा लाभांश पठाइसकेका छन् । एनआईसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दशैंअघि नै लाभांश वितरण गरिसकेका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गीि कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यद्यपी यसको बोनस शेयर भने लगानीकर्ताको खातामा आइसकेको छैन् ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ । उसले वितरण गरेको नगद लाभांश शेयधनीको खातामा आइसकेको छ ।

यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सानिमा बैंकले वितरण गरेको नगद लाभांश पनि शेयरधनीको खातामा दशैंअघि नै आइसकेको छ।

९ वाणिज्य बैंकले लाभांश वितरण गरिसकेकाले पनि अन्य घोषणा गर्न बाँकी १० वाणिज्य बैंकले पुसभित्रै एजिएम गर्ने गरी लाभांश घोषणा गर्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।