Sat, Oct 03, 2026
दोस्रो बजारमा समाज लघुवित्तको शेयर एक सय रुपैयाँ पुगेको छ । लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको ४ महिनापछि आधार मूल्य अर्थात १०० रुपैयाँ माथि पुगेको हो ।
सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको उक्त लघुवित्तको पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो । आईपीओमा खरिद गरेको भन्दा न्यून मूल्यमा कारोबार ओपङि भएपछि लघुवित्तको शेयर बिक्री गर्न कोहि इच्छुक देखिएका थिएनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।