टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

Nov 20, 2023 01:42 PM Merolagani



टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेकाे छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि यस रिटमाथि सुनुवाइ भने नहुने भएको छ ।

न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रेहकाे छ जसकारण चुडालको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेका हुन्। 

सरकारले टिकटक प्रतिबन्ध लगाएसँगै परेको १० वटा रिट परेकाे थियाे । गत शुक्रबार सरकारले लगाएकाे प्रतिबन्धकाे निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा  रिट दायर गरेका थिए ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।