छठसम्म मूल्य नबढाउन निर्देशन पाएको आयल निगमले अब एकैचाेटी मंसिर १५ गते मात्रै नयाँ मूल्य ताेक्ने

Nov 20, 2023 02:01 PM MeroLagani



छठसम्म मूल्य नबढाउने निर्देशन पाएको नेपाल आयल निगमले सोमबार पनि पेट्रोलियम पदार्थको मूल्य हेरफेर नगर्ने भएको छ । दशैं अगाडि आयल निगमले एलपीजी ग्याँसको मूल्यमा भारी वृद्धि गरेपछि सरकारले हस्तक्षेप गरेर मूल्य घटाउन दबाब दिएको थियो । 

सरकारले दशैं, तिहार र छठसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य कायम नगर्न निर्देशन दिएपछि त्यसको पालना गर्दै निगमले भारतले मूल्य वृद्धि गरेर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाए पनि स्थानीय बजारमा नयाँ बिक्री मूल्य कायम गरेन ।

दशैं, तिहार र छठजस्तो चाडलाई मध्यनजर गरेर सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएको थियो । छठ पर्व सकिएकाे छ । भारतले पठाएको पछिल्लो नयाँ मूल्य सूची निगमले गत बिहीबार प्राप्त गरेको भए पनि छठसम्म मूल्य वृद्धि गर्न दिएको निर्देशनसँगै सोमबार नयाँ बिक्री मूल्य सार्वजनिक हुन सक्ने जानकारी निगम स्रोतले दिएको थियो । अब नयाँ बिक्री मूल्य भने आगामी डिसेम्बर १ मा मात्रै तय हुने नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । ‘भारतबाट नयाँ मूल्य सूची आएपछि मात्रै मूल्य हेरफेर हुन्छ । निगमले हरेक अंग्रेजी महिनाको १ र १५ गते पाएको नयाँ मूल्य अनुसार नै स्थानीय बजारमा पनि मूल्य हेरेफेर हुन्छ’– ठाकुरले मेरो लगानीलाई भने ।

सरकारको निर्देशनपछि स्वचालित मूल्य प्रणाली अनुसार तेलको मूल्य समायोजन नगर्दा कतिपय पेट्रोलियम पदार्थमा निगम घाटामा छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दो ट्रेन्डमा देखिएको छ । अन्तर्राष्ट्रिय परिदृष्यलाई हेरेर सरकारी निर्देशनको हवाला दिँदै निगमले तत्काल नयाँ बिक्री मूल्य सार्वजनिक नगरेको निगम स्रोतले बतायो । ‘तत्काल नयाँ मूल्य सूची सार्वजनिक गर्दा नयाँ बिक्री मूल्य घटेर आउँछ । यथास्थितिमा बस्दा पुरानो घाटा पूर्ति हुने हुनाले तत्काल नयाँ बिक्री मूल्य सार्वजनिक नगरेको हो ।’–उनले भने । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर गत नोभेम्बर १६ मा ७६.९२ डलर प्रति ब्यारेलसम्म पुगेको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा ८१ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । गत अक्टोबर १९ मा ब्रेन्ट क्रुड आयल प्रति ब्यारेल ९२.३८ डलरसम्म पुगेको थियो । कच्चा तेल कारोबारीहरुले सन् २०२४ को फेब्रुअरीसम्म पुनः कच्चा तेल पुनः १ सय डलर पुग्ने अनुमान गरिरहेका छन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।