स्याम अल्टम्यान ओपन एआईका सीईओका रूपमा फर्किने पक्का

Nov 22, 2023 05:58 PM Merolagani

च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सह संस्थापक स्याम अल्टम्यान र ग्रेग ब्रोकम्यान कम्पनीमा फर्किने भएका छन्। स्याम सीईओ र ग्रेगका अध्यक्षका रूपमा फर्किनकालागि नयाँ बोर्ड गठन गरिएको छ। ओपन एआईको अघिल्लो बोर्डले शुक्रबार दुवैलाई बर्खास्त गरेको थियो।

ओपनएआईका अनुसार ब्रेट टेलर (अध्यक्ष), ल्यारी समर्स र एडम डी एन्जेलोका नयाँ बोर्डसँग सीईओको रूपमा फर्कने साम ओल्टम्यानको लागि सम्झौतासम्म पुगेका छ । ग्रेग ब्रोकम्यानले आफू ओपन एआईमा फर्कन लागेको र आज रातीबाट कोडिङ सुरु गर्न लागेको बताएका छन् ।

अल्टम्यानले भने, मलाई ओपनएआईको माया लाग्छ

स्याम अल्टम्यानले एक्सको पोस्टमा लेखेका थिए,"मलाई ओपन एआईको माया लाग्छ । गत केहि दिनमा मैले जे पनि गरेँ त्यो हाम्रो समुह र लक्ष्यलाई एकजुट राख्नका लागि गरेको थिएँ । जब मैले आइतबार साँझ माइक्रोसफ्टमा आवद्ध हुने निर्णय गरे,यो स्पष्ट थियो कि यो मेरो र मेरो टोलीको लागि सहि बाटो हो। नयाँ बोर्ड र सत्यको समर्थनमा, म ओपनएआईमा फर्कने र माइक्रोसफ्टसँगको हाम्रो बलियो साझेदारीलाई निर्माण गर्न तत्पर छु।"

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।