नेपालले सबैभन्दा धेरै आयात गर्ने १० वस्तु कुन कुन हुन् ?

Nov 23, 2023 06:20 PM MeroLagani

नेपालमा चालु आवको कार्तिक मसान्तसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको सामान आयात गरेका छन् । नेपालको अर्थतन्त्र आयातमा आधारित हुँदा आयत बढ्दा नै सरकारको राजस्व लक्ष्य समेत परिपूर्ति हुने गरेको छ । 

नेपालले आयात गरेको सामानमा कर उठाएर ४ महिनामा १ खर्ब ३७ अर्ब ८ करोड ५१ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक भन्सार विभागले प्रकाशित गरेको छ ।

नेपालले कुन सामान आयात गरेर कति रुपैयाँ विदेश पठाउँदा रहेछौं त । तथ्यांक केलाउँदा जाँदा सबैभन्दा धेरै धनराशी भनेको पेट्रोलियम पदार्थ खरिद गर्नमै जाने देखिएको छ । नेपालले धेरै खरिद गर्ने १० वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ भित्रको डिजेल, पेट्रोल, एलपीजी ग्याँस र हवाई इन्धनमै ८५ अर्ब ४८ करोड रुपैयाँ खर्च हुने रहेछ । ५ खर्ब १२ अर्बको सामान आयात गर्दा १६।६९ प्रतिशत खर्च पेट्रोलियम पदार्थ आयातमै खर्च हुने गरेको तथ्यांकले देखाएको छ । नेपालले ४ महिनामा कुन सामान खरिद गर्न कति खर्च गरेको छ, तथ्यांक केलाउने प्रयास गरिएको छ ।

चार महिनामा कुन सामान बढी आयात भए ?

१. डिजेल : ४ महिनाको दौरान ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको तथ्यांक भन्सार विभागले दिएको छ । सो बापत् नेपालबाट ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ । ४ महिनाको दौरान सरकारले डिजेल आयातबाट १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गगरेको छ ।

२. पेट्रोल ः पेट्रोलियम पदार्थ अन्तर्गत नै चार महिनामा २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल खपत भएको छ । चार महिनामा पेट्रोल आयात बापत् २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व पाएको छ ।

३. एलपीजी ग्याँस : पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर भनिए पनि घरायसी प्रयोगमा एलपीजी ग्याँसको खपत प्रभावकारी रुपमा घटाउन सकिएको छैन । पछिल्लो समय ग्याँसको खपत् घट्दो ट्रेन्डमा रहे पनि चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७ सय ५६ किलोग्राम ग्याँस खपत भएको छ । एलपीजी ग्याँस आयात बापत नेपालले १५ अर्ब ४५ करोड ८५ लाख ९७ हजार रुपैयाँ रकम बाहिरिएको छ । नेपालले बिजुलीको बढ््दो प्रयोग र इन्डक्सन चुल्होलाई घरघरमा प्रयोगलाई अझै बढाउने हो भने यो रकम पुरै बचाउन सकिने अवस्था भने छ । यसको लागि नेपाल विद्युत प्राधिकरणले भरपर्दा विद्युत आपूर्ति भने गर्नुपर्नेछ । एलपीजी आयातबाट सरकारले २ अर्ब ८८ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

४. फलाम तथा स्टील आयात :  नेपालमा फलामको खानी रहेको बताइए पनि त्यसको उत्खनन गर्न नसक्दा नेपालले वर्षेनी धेरै फलाम आयात गर्नुपरेको छ । चालु आवको ४ महिनामै ३७ करोड ७६ लाख ४१ हजार १ सय ३७ किलोग्राम फलाम तथा स्टील आयात गर्दा २३ अर्ब ३७ करोड ८३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ । यसबापत् सरकारले ३ अर्ब ३७ करोड ८८ लाख ५३ हजार रुपैयाँ राजस्व पाएको छ ।

५. स्मार्टफोन : मन्दीका बाबजुद पनि चार महिनामा ७ लाख ७१ हजार ३ सय २६ वटा स्र्माटफोन भित्रिएको तथ्यांक भन्सार विभागले दिएको छ । स्मार्टफोन आयात बापत् ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व पाएको छ । सरकारले पछिल्लो समय विदेश भ्रमणमा गएका व्यक्तिहरुले विदेशमा फोन किनेर ल्याउँदा भन्सार तिर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

६. मेडिकल सामानहरु : मेडिकल सम्बन्धि विभिन्न सामानहरु ४७ लाख ६६ हजार २ सय ५९ किलोग्राम आयात गर्दा ४ महिनामा ८ अर्ब ७१ करोड ४५ लाख ८३ हजार रुपैयाँ बाहिर गएको छ । मेडिकल सामानहरुको भन्सार दर कम रहेका कारण सरकारी राजस्व भने ४५ करोड १४ लाख २५ हजार रुपैयाँ मात्रै रहेको छ ।

७. डाइमोनियम फोस्फेट : ९ करोड ८३ लाख १ सय ५० किलोग्राम रासायनिक पदार्थ आयात गर्दा ४ महिनामा नेपालले ८ अर्ब ६२ करोड १७ लाख ७४ हजार रुपैयाँ बाहिर पठाएको छ । अर्बौ रकम बाहिर पठाएको भए पनि यसबापत् सरकारले भन्सारमा १२ हजार रुपैयाँ मात्रै चार्ज गरेको भन्सारको तथ्यांकले देखाएको छ ।

८.  सुन :  चालु आवको पहिलो चार महिनामा १ हजार किलो ५ सय ग्राम वैधानिक तवरबाट नेपाल भित्रिएको छ । यसबापत् नेपालको ढुकुटीबाट ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व पाएको छ ।
९. हवाई इन्धन : चालु आवको पहिलो ४ महिनामा ६१ हजार ६ सय ६४ लिटर हवाइ इन्धन आयात भएको छ । यसबापत् नेपालबाट ६ अर्ब ८४ करोड ३ लाख ४२ हजार रुपैयाँ रकम बाहिरिएको छ भने सरकारले ९० करोड ५ लाख ८ हजार रुपैयाँ राजस्व पाएको छ ।

१०.  कच्चा भटमास तेल : नेपालले धेरै रकम खर्च गर्ने वस्तुहरु मध्ये दशौं नम्बरमा कच्चा भटमानस तेल पनि परेको छ । चार महिनामा नेपालले ५ अर्ब ७६ करोड ५८ लाख ७१ हजार रुपैयाँको ३ करोड ८० लाख ३ हजार १ सय ६८ लिटर कच्चा भटमासको तेल आयात गरेको छ । कच्चा भटमास तेल, कच्चा पाम तेल निर्यात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेकोमा पछिल्लो समय भारतले पाम तेल आयातमा भन्सार वृद्धि गरेका कारण नेपाल निर्यात व्यापार बढ्न सकेको छैन । नेपालले कच्चा भटमास तेल आयातबाट सरकारले १ अर्ब १७ करोड ५६ लाख २१ हजार रुपैयाँ राजस्व पाएको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।