उन्नति सहकार्यको एफपीओ बाँडफाँट

Nov 24, 2023 09:44 AM Merolagani



मंसिर ८ गते, शुक्रबार, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ७२ हजार ७६८ आवेदन परेको थियो। जसमध्ये १० लाख ७२ हजार ४४३ आवेदन स्वीकृत भएको थियो भने ३२५ आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल १७ हजार ८४५ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी १ जनाले थप एक कित्ता र अर्को १ जनाले थप ०.१८ कित्ता शेयर प्राप्त गरेका छन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।