प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Nov 27, 2023 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४७.७५ अंक बढेर १९०७.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०१ अंक बढेर १९०९.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

सोमबार प्रि ओपन सेसनमा २४ स्टकको ३ लाख ६ हजार ५६१ रुपैयाँबराबरको ७३६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।