१३ वर्ष मुनिका बालबालिकाको तथ्यांक मेटाले गर्याे चाेरी

Nov 27, 2023 02:06 PM Merolagani



अभिभावकको स्वीकृतिबिना १३ वर्ष मुनिका बालबालिकाको तथ्यांक संकलन गर्दा तथ्यांक चाेरी भएकाे खुलासा भएको छ । अमेरिकास्थित करिब ३३ राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेकाे उजुरीमा मेटा इंकले २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको तथ्यांक सङ्कलन गरिरहेको थियो।

साे अवधिमा यसले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, स्निपेट्स, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदाको लागि प्रयोग गरेकाे थियाे। पछिल्लो उजुरीका अनुसार लाखौं किशोर किशोरीको व्यक्तिगत तथ्यांक मेटाका लागि "ओपन सेक्रेट" सरह भएको उल्लेख गरेको छ। मेटाले गोपनीयता कानूनको उल्लङ्घन गरेको र यो संघीय अपराध भएकाे बताइएकाे छ ।

मेटाको समस्या बढ्न सक्ने

मेटा इंक विरूद्ध राज्यको मुद्धामा, दोषी प्रमाणित भएमा मेटाले लाखौं डलर वा बढी जरिवानाको सामना गर्नु पर्ने हुन्छ ।

आफ्नो प्लाटफर्म सुरक्षित रहेको मेटाकाे दाबी 

मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

यसमा क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरू समावेश थिए। मेटालाई जानाजान यस्ता सुविधाहरू सिर्जना गरेको आरोप लगाइएको थियो जसले बच्चाहरूलाई लाइकको लतमा पार्न सक्छ। यद्यपी, मेटाले आफ्नो प्लाटफर्म सुरक्षित रहेकाे दावी गरेको छ।

एजेन्सी ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।