लाभांश वितरण र मर्जरको प्रस्ताव राखेर स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा

Nov 29, 2023 09:35 AM Merolagani



स्वावलम्बन लघुवित्तले लाभांश वितरण र मर्जरसम्बन्धि प्रस्ताव राखेर साधारणसभा बोलाएको छ। लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा आह्वान गरेको हो।

सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

साधारणसभा प्रयोजनको लागि लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ। मंसिर २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।