लाभांश वितरण र मर्जरको प्रस्ताव राखेर स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा

Nov 29, 2023 09:35 AM Merolagani



स्वावलम्बन लघुवित्तले लाभांश वितरण र मर्जरसम्बन्धि प्रस्ताव राखेर साधारणसभा बोलाएको छ। लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा आह्वान गरेको हो।

सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।

यसैगरी सभामा अन्य लघुवित्तसँग मर्जरमा जानको लागि बाटो खुल्ला गर्ने प्रस्ताव समेत अघि सारेको छ। एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्नको लागि आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

साधारणसभा प्रयोजनको लागि लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ। मंसिर २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।