एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा, ‘व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गयो’

Nov 29, 2023 01:09 PM Merolagani



एनसेलबाट आजियाटा समूह बाहिरिने निर्णय गरेको छ ।

आजियाटाको संचालक समितिको बैठकले एनसेलबाट आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ।

बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो।

नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटाले जनाएको छ । 

आजियाटा ग्रुपले २९ नोभेम्बरमा जारी गरेका  त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । सो बिज्ञप्तीमा प्रबन्दा निर्देशक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले एनसेलबाट बाहिरिने र कम्पनी बिक्रीमा राख्ने निर्णय भएको समेत बताएका छन ।

सुदले भनेका छन ‘नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरेको छ। यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो दीर्घकालीन हितमा छ।’

नेपाल दूरसञ्चार प्राधिरकणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा शेयर बिक्रीको प्रस्ताव लिएर प्राधिकरण नआएको जानकारी दिए । 

यस्तो छ अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदन :