ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब रुपैयाँ लगानी

Nov 29, 2023 05:22 PM Merolagani



अहिलेसम्म ऊर्जा क्षेत्रमा निजी क्षेत्रले १३ खर्ब रुपैयाँ लगानी गरिसकेको छ । उर्जामा क्षेत्रगत रुपमा लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, निजी क्षेत्रले १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

निजी क्षेत्रका ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन् ।