एनएमबिले यस वर्ष लाभांश वितरण नगर्ने

Nov 30, 2023 09:57 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।