एनसेलको शेयर बिक्री गर्ने आजियाटाको निर्णयविरुद्ध उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलायो

Dec 01, 2023 04:02 PM Merolagani



एनसेलबाट बाहिरिने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी शुक्रबार आदेश दिएको हो ।

व्यवसायिक वातावरण नरहेको दाबी गर्दै यही साता मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

C5#त्यसविरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट निवेदन दिएका थिए । दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।