नेप्से घट्ने क्रम जारी रहेपनि बढ्यो समाज लघुवित्तको शेयर, ७२ रुपैयाँको शेयर अहिले पुग्यो १ सय २२ रुपैयाँ

Dec 04, 2023 06:05 PM Merolagani



केही दिनयता नेप्से घट्दो क्रममा छ । नेप्से घटेपनि समाज लघुवित्तको शेयर मूल्य भने निरन्तर जसो बढेको छ ।

नेप्से गत साताको सोमबारदेखि ओरालो लाग्न थालेको हो । यो साताको सोमबार अर्थात आज पनि नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा आइपुगेको छ । नेप्से घटेपनि समाज लघुवित्तको शेयर मूल्य भने बढ्न पुगेको छ ।

करिव ५ महिनाअघि प्रतिकित्ता ७२ रुपैयाँ मात्र रहेको समाज लघुवित्तको शेयर बढेर १ सय २२ रुपैयाँ पुगेको छ । यो बीचमा कित्तामा नै करिव ५० रुपैयाँले बढेको छ ।

करिव ५ महिनाअघि आधार मूल्य अर्थात १०० रुपैयाँ भन्दा तल रहेको थियो । तर, केही दिनदेखियता निरन्तर बढेर १ सय २२ रुपैयाँ पुगेको छ । समाज लघुवित्तको शेयरमूल्य सोमबार सर्वाधिक ८.०६ प्रतिशत बढन पुग्यो ।

सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको उक्त लघुवित्तको पहिलो कारोबार भने ७२ रुपैयाँ १० पैसामा भएको थियो । आईपीओमा खरिद गरेको भन्दा न्यून मूल्यमा कारोबार ओपङि भएपछि लघुवित्तको शेयर बिक्री गर्न कोहि इच्छुक देखिएका थिएनन् । शेयर मूल्य बढेपछि अहिले भने खरिद गर्ने र बिक्री गर्ने देखिन थालेका छन् ।