टिकटक प्रतिबन्ध विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै

Dec 05, 2023 11:04 AM Merolagani



सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदैछ । यस सम्बन्धका चारवटा मुद्दाको आज एकैपटक पूर्ण सुनुवाइ हुन लागेको हो ।

यसअघि ५ मंसिरमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ मंसिरभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

२७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ ।