ऐतिहासिक उचाइमा पुगेकाे सुनचाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

Dec 05, 2023 12:05 PM Merolagani



उच्च रेकर्ड कायम गरिरहेको सुनको भाउमा मंगलबार भारी गिरावट भएको छ । मंसिर १९ गते, मंगलबार सुन तोलामा नै २ हजार ४०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि यस दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको भाउ ऐतिहासिक उचाइ कायम गरेको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले महंगिदा प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो । यो सुनको भाउमा उच्च दर हो ।

मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी तोलामा नै ४५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको भाउ स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँ कायम रहेको थियो ।