एआईभन्दा पहिले, कम्प्यूटर वैज्ञानिक म्याकार्थीले १९५८ मा एडभाइज टेकर नामक कम्प्युटर प्रोग्रामको कल्पना गरेका थिए, जुन प्रश्न र उत्तरहरूमा आधारित थियो। पछि यो तार्किक प्रोग्रामिंगको आधार बन्यो। त्यसबेलादेखि संसारले जोन म्याकार्थीलाई एआईका पिता भन्छन्।
अहिले आएर यही एआई रूपमा चिनिन थाल्यो। अहिले एआईले हाम्रो दुनियाँमा यसरी प्रवेश गरेको छ कि भविष्यमा हामी यो बिनाको जीवन कल्पना गर्न सक्दैनौं। तपाईंको पैसा प्रबन्ध गर्नमा पनि एआई धेरै अगाडि छ।
अहिले, क्लियो, इभा मनी, पकेट गार्ड, भ्याली जीपीटी, मिन्टजिप जस्ता धेरै लोकप्रिय एआई सञ्चालित एपहरू छन्, जसले तपाईंलाई आफ्नो पैसा सही ठाउँमा लगानी गर्न सल्लाह मात्र दिँदैनन्, बचत गर्ने तरिकाहरू पनि बताउँछन्।
समय बचाउँछ, बजेट बनाउँछ र खर्चको हिसाब किताब राख्छ
एआईको मद्दतले तपाईले धेरै समय बर्बाद नगरी बजेट बनाउन, खर्चको हिसाब किताब राख्ने र लगानीको अनुगमन गर्ने जस्ता कामहरु कुशलतापूर्वक र सजिलैसँग गर्न सक्नुहुन्छ।
तपाईलाई यी कार्यहरूमा एआईले मद्दत गर्नेछ र तपाईं तनावमुक्त हुन सक्नुहुन्छ।
एआईको एल्गोरिदमले तपाईको आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तपाईलाई धेरै लाभदायक सल्लाह दिन सक्छ। यो ती मानिसहरूका लागि बढी उपयुक्त हुन्छ, जसले बजारबाट दूरी कायम राख्ने गर्दछ।
बजारका जोखिम र ठगीबाट बच्न पनि सहयोग गर्दछ
एआईले तपाईंलाई बजारको उतारचढाव र जोखिमहरूका साथै हरेक दिन हुने गरेको नयाँ प्रकारका ठगीहरूबाट जोगिन मद्दत गर्दछ। यसले तपाईंलाई आर्थिक नोक्सानबाट जोगाउन बलियो सुरक्षात्मक ढाल पनि प्रदान गर्दछ।
एआईले तपाईंको पैसा दुई तीन गुणा बढाउन पनि सहयोग गर्दछ
यदि तपाईंले एआई आधारित लगानी प्रणाली रोज्नुभएको छ भने, यसको रोबो सल्लाहकारले तपाईंको पैसा दुई तीन गुणा बढाउन पनि मद्दत गर्न सक्छ।
यसले तपाईंलाई आफ्नो वित्तीय लक्ष्यहरू पूरा गर्न र जोखिम कम गर्न मद्दत गर्दछ।
रोबो सल्लाहकारहरूले सटीक तरिकाले पैसा लगानी गर्न सल्लाह दिन्छन्। यदि तपाईसँग बजारको थोरै बुझाइ छ भने पनि, यसले सही र सटीक अनुमान लगाएर तपाईको पैसा सही ठाउँमा लगानी गर्न सल्लाह दिन्छ।
ऋण स्वीकृति प्राप्त गर्न र व्यक्तिगत क्रेडिट वृद्धि गर्न सहयोगी
परम्परागत रूपमा, ऋण मूल्याङ्कन र ऋण स्वीकृतिको प्रक्रिया धेरै जटिल छ। तर, आर्टिफिसियल इन्टेलिजेन्सले पुरानो तरिका परिवर्तन गरेको छ। एआईको एल्गोरिदम अर्थात् गणित ज्यादै सटीक छ।
यसबाट कर्जा दिने बैंक वा वित्तीय कम्पनीहरूले ग्राहकको वित्तीय विवरण, उसको खर्च गर्ने बानी र क्रेडिट इतिहासको विश्लेषण गरी कसैलाई कर्जा दिनु सही हो वा होइन भन्ने सही अनुमान लगाउने गर्दछ।
यसबाट बैंक तथा वित्तीय संस्थाबाट कर्जाको लागि निवेदन दिने व्यक्तिको जानकारी सङ्कलन गर्न धेरै समयको बचत हुन्छ र उपभोक्ताले पनि छिट्टै ऋण प्राप्त गर्न सक्छन्।
निरन्तर सुधार र समय अनुसार परिवर्तन
एआईले समयसँगै परिवर्तनशील प्रविधि र आवश्यकताहरूसँग पनि आफूलाई अपडेट राख्छ। लगानीकर्ताहरु बढीभन्दा बढी लाभान्वित होस् भन्ने हेतुले एआईले आफ्ना सल्लाह र सेवामा पनि मानव मनको नजिक पुग्ने प्रयास गर्दछ।
७० प्रतिशत वित्तीय संस्थाले एआईको सहयोग लिइरहेका छन्
फोर्ब्सका अनुसार विश्वका ७० प्रतिशत वित्तीय संस्थाहरूले नगद प्रवाहको अनुमान गर्न आर्टिफिसियल इन्टेलिजेन्स वा मेसिन लर्निङ प्रोग्रामको प्रयोग गरिरहेका छन्।
यसले क्रेडिट स्कोर ट्र्याक गर्न मद्दत गरिरहेको छ र वित्तीय ठगी पहिचान गर्न पनि सजिलो बनाएको छ।
बिजनेसमा बढी नाफा कमाउनमा एआई दाहिने हात बनिरहेको छ
इन्टरनेट पहुँच भएका हरेक साना व्यवसाय मालिकहरूले आफ्नो कम्पनीको राजस्व बढाउन एआईको मद्दत लिन सक्छन्।
कम्पनी मालिकहरूका लागि एआई दाहिने हात साबित भइरहेको छ। एआईबाट कम्पनीका मालिकहरुले इन्भेन्ट्री म्यानेजमेन्ट, कस्टमर डिलरशिप, मार्केटिङ रणनीति र प्रतिस्पर्धाको बारेमा थप जानकारी प्राप्त गर्न सक्छन्। जसले उनीहरूलाई व्यवसायमा नाफा बढाउन मद्दत गर्न सक्छ।
प्रत्येक तीन मध्ये एक लगानीकर्ता एआईको कुरा मानिरहेका छन्
यसै वर्ष गरिएको सर्वेक्षणमा प्रत्येक तीनमा १ जना लगानीकर्ताले एआईप्रति विश्वास व्यक्त गर्दै बजारमा पैसा लगानी गरिरहेको छ।
सर्टिफाइड फाइनान्सियल प्लानर बोर्ड अफ स्ट्यान्डर्ड्सले गरेको यो सर्वेक्षणले विशेष गरी ३१ प्रतिशत लगानीकर्ता आफ्नो वित्तीय सल्लाहका लागि जेनेरेटिभ एआई कार्यक्रमहरूमा निर्भर रहेको र यसका सुझावहरू पालना गर्ने बताएको छ।
नयाँ पुस्ताका युवाहरूमा एआई आधारित बजारका लागि क्रेज बढ्दो
कोभिड–१९ पछि बजारमा सुधार आएसँगै बैंकिङ तथा वित्तीय क्षेत्र एआईमा निर्भर हुन थालेको छ।
अमेरिकामा, यो नयाँ पुस्ताका युवाहरूमाझ छिटो लोकप्रिय भएको छ, किनभने यी ग्राहकहरूले एआई र यससँग सम्बन्धित ग्याजेटहरू बढी प्रयोग गरिरहेका छन्।
त्यहाँका ७८ प्रतिशत युवाले पनि विकल्प पाए भने बैंकमा जाँदै नजाने बताएका छन् र एआईले यो विकल्प दिएको छ।
(अनुवादित)