नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा ६१ लाख रुपैयाँ तलब तथा भत्ता बुझेका छन्। अधिकारीले १६ लाख ३२ हजार रुपैयाँ तलब, ४ लाख १४ हजार बैठक भत्ता र ४० लाख ४५ हजार ३३५ रुपैयाँ अन्य सुविधाको रुपमा बुझेका छन्। उनले अघिल्लो वर्ष ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए।
गभर्नर महाप्रसाद अधिकारीपछि डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले कुल ५७ लाख २ हजार ३६१ रुपैयाँ बुुझेकी छिन भने अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब र भत्ता गरी ५३ लाख रुपैयाँ बुझेका छन्।
गभर्नर र डेपुटी गभर्नर बाहेक अन्य सञ्चालकले भने तलब पाउँदैनन। अन्य सञ्चालकले भने बैठक भत्ता र अन्य विशेष सुविधाबापत पैसा पाउछन्। गत वर्ष राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले १५ लाख ६४ हजार रुपैयाँ र शंकरप्रसाद आचार्यले १० लाख ८ हजार रुपैयाँ भत्ता लिएका छन्।
यसैगरी, रबिन्द्रप्रसाद पाण्डेले ३ लाख ४४ हजार रुपैयाँ र अर्थसचिवको रुपमा राष्ट्र बैंकको सञ्चालक बनेका कृष्णहरि पुस्करले २ लाख ५५ हजार रुपैयँँ भत्ता बुझेका छन्।
