सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेकाे छ । जसकारण नेपालमा दर्ता प्रक्रियामा जान टिकटकले सरकारलाई इमेल गरेको हाे ।
यद्धपी २७ कात्तिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार टिकटक दर्ता हुने कुरा हाल संभव नभएकाे देखिएकाे छ । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ । सरकारको उक्त निर्णयविरुद्ध १४ रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए ।