गत शुत्रबार मलेसियाको आजियाटा समुहले एनसेलको ८० प्रतिशत शेयर व्यवसायी सतिशलाल आचार्यको बेलायति कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको थियो । नियामक निकायको पूर्व स्वीकृति विना नै एनसेलको शेयर खरिदबिक्री भएपछि प्राधिकरणले एनसेलसँग शुक्रबार जवाफ मागेको थियो ।
प्राधिकरणको सोहि पत्रको जवाफ आज पठाएको कानुन तथा अनुमति पत्र महाशाखाका एक अधिकारीले बताए । दूरसञ्चार नियमावली २०५४ को नियम १५ ट बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
सोहि व्यवस्था अनुसार नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ क बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो शेयरधनीको शेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले जानकारी गराउन निर्देशन दिएको थियो।